इटहरी/ शिबसेना नेपाल महिला संघ सुनसरीले श्रावण महिनाको अन्तिम सोमबार पारेर सुनसरीको इटहरीस्थित मुक्तिघाट परिसरमा बिविध धार्मिक कार्यक्रम गरेको छ। शिवसेना महिला संघ सुनसरीले एकलाख दीप प्रज्वलनका साथै गंगा आरती पनि गरेको हो। IMG_1128

श्रावण महिनाको अन्तिम सोमबार आज भएको हुँदा हिन्दुधर्म मान्नेहरुको लागि साउने सोमबारको बिषेश महत्व रहनेहुँदा बुढिगंगा परिसरमा बिविध धार्मिक कार्यक्रम गरिएको शिव सेना नेपालका सुनसरी अध्यक्ष हिरा आचार्यले बताउनुभयो । IMG_1124

बुढिगंगा परिसरमा भएको बिविध धार्मिक कार्यक्रममा उल्लेख्य संख्यामा भक्तजनको उपस्थिति थियो।

शिबसेना नेपालले धर्मसँस्कांर र परम्परालाई आफ्नो अस्तित्व र देशको गौरब मान्ने गरेको छ। हिन्दु धर्म मान्नेहरुको धर्मसँस्कांर र परम्परा पहिचान रहेका कारण पनि सबै देशप्रेमी राष्ट्रभक्तहरुलाई धर्म रक्षा नै आफ्नो रक्षा हो भन्ने बुझ्न अध्यक्ष आचार्यले आग्रह गर्नुभएको छ। IMG_1127

कार्यक्रममा पुर्वमन्त्री रामकुमार सुब्बा, शिव सेनाका केन्द्रिय सदस्य सुरज कँडेल,कुमार घिमिरे,दुर्गा लामा, शिवसेना नेपाल महिला संघका सदस्यहरुलगायतको उपस्थिति थियो।