सुनसरी/ इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारीकलाल चौधरीले इटहरी २ को नवनिर्मित भवन निर्माणमा भ्रष्टाचार भएको कसैले पुष्टि गरे उपमहानगरपालिकाका सबै पदाधिकारीले राजिनामा दिने बताउनुभएको छ । केहि अनलाइन सञ्चारमाध्यमममा वडा नम्वर २ को भवन निर्माणमा अनियमितता भएको आशयको समाचार प्रकाशित भएको र सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएपछि उहाँले त्यसो भन्नुभएको हो । wada no 2

इटहरी उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको भवन गत बर्षको पौष महिनामै निर्माण सम्पन्न भई त्यहि भवनबाट सेवा प्रदान हुदै आएको छ । कोरोना महामारीका कारण उद्घाटन भने गत असार अन्तिममा भएको हो । निर्माण सम्पन्न भई आफ्नै कार्यालयबाट सेवा प्रवाह हुन थालेको यो नै पहिलो वडा कार्यालय हो ।

इटहरी उपमहानगरपालिकाका सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको हो । यो भवनको भुइँतल्लाको क्षेत्रफल २हजार २ सय ३२.५ वर्ग फिट र पहिलो तल्लाको क्षेत्रफल २हजार ५सय ४१.८७ वर्ग फिट रहेको छ । ५० फिट लम्बाई, ४६.५ फिट चौडाई रहेको सो भवनमा १४गुणा १६ इन्च को १८ वटा पिलर छन । 4444

भवनको भूई तलामा वडा अध्यक्षको कार्यकक्षसहित ५ वटा र पहिलो तल्लामा एउटा सभा हलसहित ३ वटा कोठा छन्। दुवै तलामा शौचालय छन ।

वडाध्यक्ष हर्क मगरका अनुसार भवनको लागत अनुमान १करोड ६४ लाख ५९हजार ५सय ७० (भ्याट बाहेक) रहेकोमा अनलाईन बोलपत्र मार्फत १ करोड १४ लाख १९ हजार ९सय ८३ (भ्याट बाहेक) मा प्रयास सोलुसन एण्ड बिल्डर्स प्रा.लि.सङ्ग सम्झौता भएको हो । wadaa 2

१ करोड ०४ लाख ०७ हजार ६सय ८८.८४(भ्याट बाहेक) मा निर्माण सम्पन्न भएको हो । वडाध्यक्ष हर्क मगरले इटहरी वडा नम्वर २ ऐना जत्तिकै छर्लङ्ग रहेको बताउनुभयो । उहाँले कुनै पनि काममा अनियमितता नभएको र नहुने दावी गर्नुभयो ।