इटहरी/ पूर्वाञ्चलबासी नेपाली जनताले भोली शनिबार इटहरीदेखि बिराटनगरसम्म मोटरसाईकल र्‍याली प्रदर्शन गर्ने भएका छन्। अमेरिकन सहयोग परियोजना (मिलेनियम च्यालेञ्ज कर्पोरेसन–एमसीसी) को बिरोधमा शनिबार र्‍याली निकालिने भएको हो।

एमसीसी सम्झौता गरिए अमेरिकी हस्तक्षेप बढ्ने भन्दै सम्झौता नगर्न दवाव दिने उद्देश्यले इटहरीमा बृहत मोटरसाईकल र्‍याली गरिने भएको हो। एमसीसीको बिरुद्धमा हुने मोटरसाईकल र्‍याली इटहरीको बिराटनगरलाईनस्थित चिन्तन चौतारीबाट शनिबार १२ बजे शुरु भएर बिराटनगरका बिभिन्न भागको परिक्रमा गर्दै बिराटनगरको मुख्य चोकमा पुगेर समापन हुने शुक्रबार इटहरीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

एमसीसी परियोजना राष्ट्रघाति भएको र बर्तमान सरकार एमसीसी कार्यान्वयन गर्न लागिपरेकाले त्यसको बिरोधमा पूर्वाञ्चलबासी नेपाली जनताले र्‍याली निकाल्न लागेको कार्यक्रम संयोजक हिरा आचार्यले जानकारी दिनुभयो। नेपालमा बिदेशी हस्तक्षेप बढिरहेको र नेपालीको अस्तित्व दाउमा परेकोले त्यसको बिरोध स्वरुप गर्न लागिएको र्‍यालीमा सहभागि हुन समेत आचार्यले अपिल गर्नुभएको छ। No MCC