इटहरी/ एमसिसीको बिरोधमा सोमबार इटहरीमा शिवसेना नेपालले मसाल जुलुस निकालेको छ। बिराटनगरलाईन देखि शुरु भएको मसाल जुलुस मुख्य चोकमा पुगेर सकिएको थियो। मुख्यचोक पुग्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच मसाल खोसाखोस भएको थियो।

IMG_0981
मशाल खोसाखोस गर्दै केन्द्रिय सदस्य सुरज कँडेल र प्रहरी / तस्विर : त्रिलोचन पौडेल(पूर्वीखबर)

प्रदर्शनसँगै मुख्य चोकमा भेला भएका शिव सैनिकहरुले केहि बेर नाराबाजी समेत गरेका थिए। उनिहरुले Millennium Challenge Corporation (MCC) एमसिसी नेपालको हितमा नरहेको भन्दै यसले देशको सार्वभौमिकता माथी आघात पुग्ने भन्दै यो खारेज गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। IMG_0983

प्रदर्शनमा शिवसेनाका सुनसरी अध्यक्ष हिरा आचार्य, मोरङ अध्यक्ष सतिश पोख्रेल, केन्द्रिय सदस्य सुरज कँडेल, कुमार घिमिरेलगायत दर्जनौ सहभागी थिए। मशाल जुलुसमा सहभागीको संख्या देख्दा सुनसरीमा शिबसेनाको पकड निकै बलियो रहेको सहभागीको संख्या देखेर अनुमान लगाउन सकिन्थ्यो।

IMG_0973
मशाल प्रदर्शन गर्दै प्रदर्शनकारी / तस्विर : त्रिलोचन पौडेल(पूर्वीखबर)

एमसिसीको बिरोधमा पूर्वाञ्चलबासी जनताका नाममा यहि श्रावण १६ गते इटहरी देखि बिराटनगरसम्म हुने मोटरसाईकल र्‍यालीको तयारी स्वरुप पनि मसाल जुलुस प्रदर्शन गरिएको शिवसेना नेपालका सुनसरी अध्यक्ष हिरा आर्चायले पूर्वीखबरलाई बताउनुभयो।

IMG_0999
नाराबाजी गर्दै प्रदर्शनकारी / तस्विर : त्रिलोचन पौडेल(पूर्वीखबर)
IMG_1011
नाराबाजी गर्दै मोरङ अध्यक्ष सतिश पोख्रेल र अन्य /तस्विर: त्रिलोचन पौडेल(पूर्वीखबर)