केराबारी/ काठको चोरी तस्करी हुँदै गरेको सुचना पाएको इलाका प्रहरी कार्यालय केराबारीको टोली केराबारी ३ स्थित भ्यु डाँडामा थियो। यसैक्रममा शुक्रबार(आज) बिहान १ बजेतिर निगरानी गरिरहेको समयमा को.३८.प.१४२४ एफजेड मोटरसाईकल संकाष्पद अवस्थामा आईरहेको देखेपछि प्रहरीले रोक्यो।

मोटरसाईकलमा सवार थिए केराबारी ३ का ३८ बर्षीय बिष्णु सुहाङ लिम्बु र ३८ बर्षीय सुमन लिम्बु । प्रहरीले त्यसपछि बिष्णु र सुमनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्छ । सोधपुछका क्रममा प्रहरीलाई उनिहरुले को.१.च.९०७४ नम्बरको सेतो पिकअप गाडीमा सखुवाको काठ ल्याउँदै गरेको स्विकार गर्दछन्।

प्रहरीले बिष्णु र सुमनलाई नियन्त्रणमा लिएको केहि समय पछि पिकअप पनि आईपुग्छ । पिकअपलाई केराबारी १का ३३ बर्षीय हरि लिम्बुले चलाएका थिए अनि पिकअपमा केराबारी १ कै २३ बर्षीय बिक्रम लिम्बु सवार थिए। उनिहरुले सो गाडीमा बिभिन्न साईजको सखुवाको चिरान काठ ८६ थान ४२ दशमलव ४२ कि.वि हालेर बिक्रि गर्न केराबारी बजार तर्फ ल्याउँदै थिए। gadi

त्यसपछि प्रहरीले हरि र बिक्रमलाई पनि नियन्त्रणमा लिएर सो काठ, काठ बोकेको गाडिलाई स्कटिङ गर्न प्रयोग भएको को.३८.प.१४२४ नम्बरको एफजेड मोटरसाईकल, काठ तस्करी गर्न प्रयोग भएको को.१.च.९०७४ नम्बरको पिकअपलाई बरामद गरेर सव डिभिजन वन कार्यालय केराबारीमा आवश्यक कारवाहीको लागि बुझाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

taskari
काठ तस्करीमा संलग्नहरुलाई सार्वजनिक गर्दै प्रहरी / तस्विर:नेपाल प्रहरी

काठ तस्करीको मुख्य ब्यक्ति बिष्णु रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ । बिष्णु गएको स्थानीय निर्वाचनमा वडामा उम्मेवार पनि थिए।