ओखलढुंगा/ सिन्धुलीको फिक्कल–५ घर भई ओखलढुंगाको मानेभञ्ज्याङ्ग ६मा मामाघर आएकी ४ बर्षीषा बालिकाको जलेर ज्यान गएको छ । हातमा लाईटर बोकेर खेल्ने क्रममा गाईगोठमा आगो लाग्दा बालिकाको ज्यान गएको हो।

सिन्धुली फिक्कल–५ घर भई ओखलढुंगाको मानेभञ्ज्याङ्ग ६ माईती भएकी समिता राई खड्काकी ४ बर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मामा घरको गाईगोठमा खेल्ने क्रममा आईतबार(आज) दिउसो १ बजे फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा आगोमा जलेर बालिकाको ज्यान गएको ओखलढुंगा प्रहरीको भनाई छ ।

आगलागीमा गोठमा रहेका २ वटा गाई र ४वटा बाख्रा समेत जलेर मरेका छन्।