इटहरी/ लागुऔषध कारोबार एवं दुब्र्यसनी बिरुद्द शशक्त रुपमा उत्रिएको प्रादेशिक अनुसन्धान समुहको टोलिले इटहरी प्रहरीको सहयोगमा शुक्रबार राति भारी परिमाणको ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ। इटहरीमा भारी परिमाणको ब्राउनसुगर भित्रिएको सुईँको पाएको प्रादेशिक अनुसन्धान समुहको टोलिले इटहरी प्रहरीको सहयोगमा उनिहरुलाई नियन्त्रणमा लिएको हो।

जव इटहरीमा ठुलो परिमाणमा ब्राउनसुगर भित्रिएको प्रादेशिक अनुसन्धान समुहको टोलिले सुईको पायो तव सबैजना निदाउने बेला भएको बेला समुहमा आवद्व प्रहरीको निद्रा भाग्यो। निद्रा भागेपछि जागेको प्रादेशिक अनुसन्धान समुहको टोलिले इलाका प्रहरी कार्यालय इटहरीको मद्दतमा मुख्य कारोबारी दिपक भन्ने बिरेन्द्र राई र बिवेक खड्काको साथबाट प्रदेश नम्बर एकमा हालसम्मकै धेरै ८६ग्राम ब्राउनसुगर बरामद् गरेको छ। IMG_0770

सुईको पाएको टोलिले जव निद्रा माया मारेर सम्भावित एरियामा रेक्कि गरिरहेको थियो। इटहरी ५ पश्चिम लाईनमा खेतिखोला छेउमा रहेको चमेना फाल्चा होटल एण्ड लजबाट बारा जिल्लाको निजगढ नगरपालिका ११मा घर भएर पश्चिम लाईनमा मोटर ग्यारेजमा काम गर्ने २८बर्षीय राईलाई राति १० बजे ५७ ग्राम ६५ मिलिग्राम ब्राउनसुगर (प्लाष्टिकको खोलसहित) नियन्त्रणमा लिन्छ।

राईको साथबाट ब्राउनसुगर बरामद गरेपछि अर्का ब्यक्तिसँग पनि थप ब्राउनसुगर भएको सुईको पाउँछ । त्यसपछि प्रहरीले इटहरी ४ लालिगुराँस टोलका २४ बर्षीय बिबेक खड्काको मा जान्छ। त्यसपछि खड्काको कोठाबाट बिहान १बजे ३५ ग्राम(प्लाष्टिकको खोलसहित) बरामद गर्छ।

IMG_0773 1
ब्राउनसुगरको कारोबारी एवं प्रयोगकर्तालाई सार्वजनिक गर्ने कार्यक्रममा प्रहरी नायव उपरीक्षक अर्जुन केसि र प्रहरी निरिक्षक गणेश भट्टराई/ तस्विर:पूर्वीखबर

ब्राउनसुगरसहित खड्का र राई फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले राईसँगै रहेका इटहरी ४ लालिगुराँस टोलका १८बर्षीय जोन चौँलागाँई र इटहरी ५ आईतबारेका १८बर्ष उमेर नपुगेका किशोरलाई नियन्त्रणमा लिएको छ। चौलागाँई र ति किशोर भने सेवनकर्ता मात्र रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनिहरुको साथबाट को ३६ प ६३९६ नम्बरको स्कुटर पनि बरामद गरेको छ। ब्राउनसुगरसहित पक्राउ परेका चारैजनालाई सुनसरी जिल्ला अदालतबाट आईतबार म्याद थप गरेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।