ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका फुटबल प्रतियोगिताको च्याम्पियन

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार २७, २०७८

एजेन्सी/ फुटबलको सम्राट मानिने देश अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । argentinajpg1jpg

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved