इटहरी/ तरुण दल सुनसरीमा आवद्व बिकास यादव र बिकास मगर जनता समाजबादी पार्टी प्रवेश गरेका छन् । यादव र मगर एक कार्यक्रमका बीच आईतबार जसपा प्रवेश गरेका हुन् । IMG_0694

नव प्रवेशीहरुलाई जसपाका केन्द्रिय सदस्य पदम अधिकारी र केन्द्रिय कार्यकारिणी सदस्य सन्तोष यादव जिल्ला अध्यक्ष रामनारायण यादव, जिल्ला सचिव अनुप सुब्बालगायतले अविर र खदा लगाएर पार्टी प्रवेश गराएका हुन् । IMG_0696

नवप्रवेशीहरुलाई उपस्थित नेतृत्वले जनता समाजबादी पार्टीलाई अझ शशक्त, प्रभावकारी बनाउन लागिपर्न आग्रह गरेका छन् । IMG_0689

पार्टी प्रवेश कार्यक्रम अघि पूर्वीखबरसँगको बिशेष कुराकानीमा केन्द्रिय कार्यकारिणी सदस्य सन्तोष यादवले जसपा भित्र अन्तरसंघर्ष जारी रहेको बताउँदै जीवन्त पार्टी भित्र यस्तो हुनु सामान्य रहेको दावी गर्नुभयो। IMG_0699

यस्तै केन्द्रिय सदस्य पदम अधिकारीले परम्परागत सत्ता भत्काउन जसपा जन्मिएको भन्दै यो कार्यदिशा पार्टीले पुरा गर्ने बताउनुभयो।