सुनसरी/  गायक सुनिल गिरीलाई नेपाली सांगितिक आकाशमा स्थापित गराउने गित ‘को होला त्यो...’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गितमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीले स्वर भरेकी छन्।

गीतमा गायक गिरीको शब्द र संगीत छ भने गितलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन्। निषेधाज्ञा अगाडी कालिञ्चोक, चरिकोट मुडेलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अहिले पनि पल र प्रकृतिले नै अभिनय गरेका छन्।

गायक गिरीले ८ बर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याएका थिए। जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो। ८ वर्ष पछि सोही टिम दोहोरिएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने गायक गिरीले बिश्वास गरेका छन्। गायक गिरी सांगितिक आकाशमा स्थापित हुने समयमा अत्यन्तै चर्चित बनेको सो गितमा त्यतिबेला पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका थिए।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन्। गायक गिरीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको छ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिएका छन्। टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ।

हेर्नुहोस भिडियो :