सुनसरी/ गृह मन्त्रालयले सोमबार १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले सोमबार १६ जना डीआईजीको सरुवा गरेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी अरुणकुमार वीसीले प्रदेश १ को जिम्मेवारी पाएका छन्।   त्यस्तै प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलले जिम्मेवारी पाएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए। त्यस्तै सातवटै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्।