सुनसरी/ सुनसरीको इटहरीस्थित QRC टिमले इटहरीका बिभिन्न ठाउँमा सेनिटाईज गरेको छ। QRC टिम इटहरीले इटहरी उपमहानगरपालिका भित्रका भिडभाड हुने क्षेत्रमा सेनिटाईज गरेको हो।

QRC टिम इटहरीले इटहरीस्थित प्रहरी कार्यालय, ट्राफिक कार्यालय, माया घर नेपाललगायतका बिभिन्न सार्वजनिक स्थलमा कोभिड १९ को माहामारी नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले सेनिटाइज गरेको हो।

टिमले कार्यक्रममा समन्वय गरिदिएकोमा इटहरी उपमहानगरपालिका, प्रहरी कार्यालय, ट्राफिक कार्यालय, माया घर र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ।