इटहरी/ मोफसलमा कृयाशिल कलाकार माधव केसीले आफ्नो जन्मदिन निसहाय आश्रममा मनाएका छन्। कलाकार केसीले आफ्नो जन्मदिन इटहरी ४ स्थित निसहाय बाल आश्रममा मनाएका हुन्। IMG_0619

कलाकार केसीले जन्मदिनको अवसरमा निसहाय आश्रममा पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। उनले आश्रमलाई मास्क सेनिटाईजरलगायतका सामाग्री प्रदान गरेका हुन्। IMG_0628

कलाकार केसीले आश्रममा केक काटेर त्यहाँ आश्रीत बालबालिकालाई खुवाउँदै जन्मदिनको खुसीयाली साटेका हुन्। IMG_0638

दुईदर्जन बढि म्युजिक भिडियो र आधादर्जन बढि चलचित्रमा मुख्य र सहायक नायकको भूमिकामा अभिनय गरिसकेका कलाकार केसी इटहरीमा बसोबास गर्दछन्। IMG_0636