केराबारी/ सरकारले मोरङको केराबारी ६ कालोपानीस्थित सर्पदंश उपचार केन्द्रलाई सञ्चालन अनुमती प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा बिभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचार केन्द्रलाई अनुमति प्रदान गरेको हो। sarpaaaa

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित अनुमति पत्रमा २०७८जेठ २८गते देखि २०८२ जेठ २७ गते सम्मको लागि सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति प्रदान गएिको छ। sarpaa

अनुमति पत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नको लागि महाशाखामा २०७७ फागुन ७ गते दिइएको निवेदन उपर आवश्यक अनुगमन गरी सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धि मापदण्ड, २०७७ को दफा ६ बमोजिम सर्पदंश उपचार केन्द्र स्थापना अनुमति प्रदान गरिएको उल्लेख छ। sarpa

हेर्नुहोस प्रमाण पत्र :

aayo 

तस्विर सौजन्य : उपेन्द्र लुंगेली मगर (वडाध्यक्ष केराबारी ६)