इटहरी/ इटहरीमा कृयाशिल यूवाद्वारा इटहरी ४ गैरी गाउँका १६ परिवारलाई राहत उपलब्ध गराएका छन्। इटहरी ६का यूवराज गौतमको संयोजकत्वमा यूवा समुहले राहत वितरण गरेको हो।

इटहरीका सामाजिक क्षेत्रमा निरन्तर कृयाशिल समाजसेवी यूवाहरु डा.नकुल राई, कपिल गुरुङ, मनोज भण्डारी, खगेन थापा मगर,पुष्या अधिकारी, मनोज भण्डारी, बिजय बिक्रम लिम्बुलगायतको यूवा समुहले इटहरी ४ गैरी गाउँका १६ घरमा राहत वितरण गरेको हो। 2nd

यूवा समुहले हरेक घरमा २५ केजि चामल, २ केजि आँटा, १ लिटर तेल, चना १ केजि दाल १ केजि, १ केजि नुन एक प्याकेट न्युटेला प्रदान गरेको हो।

महामारीको समयमा गैरी गाउँमा खाद्यान्न अभावका कारण बृद्दबृद्दा र केटाकेटी भोकै बस्न बाध्य भएको खवर सुनेपछि खप्न नसकेर थोरै भएपनि राहत होस भनेर केहि खाद्यबस्तु प्रदान गरेको यूवा अभियन्ता गौतमको भनाई छ।

गौतमले यो पाटी र त्यो पाटी नभनिकन यस्तो बिषम परिस्थितीमा सहयोग गर्नु मानवीय दायित्व हुने भन्दै अभावका कारण कोहिपनि भोकै नबसोस भनेर आँफुहरुले यस्तो अभियान चलाएको बताउनुभयो।