सुन्दरहरैँचा/ नेपाल तरुण दल सुन्दरहरैँचा नगर समितिले गरेको रक्तदान कार्यक्रममा १५८ प्रिन्ट रगत संकलन भएको छ। महामारी र लकडाउनको कारण बिभिन्न स्वास्थ्य संस्थामा रगत अभाब भईरहेकोले तरुण दल सुन्दरहरैँचाले रक्तदान कार्यक्रम गरेको हो।

तरुण दल सुन्दरहरैँचाका सभापति मिलन श्रेष्ठको संयोजनमा आज शनिबार रक्तदान कार्यक्रम भएको हो। कार्यक्रममा सभापति श्रेष्ठले कोरोना महामारी र लकडाउनका कारण बिभिन्न स्वास्थ्य संस्थामा रगत अभाब भईरहेको समाचार आईरहँदा सामाजिक उत्तरदायित्व अन्तर्गत तरुण दलले बृहत रक्तदान कार्यक्रम गरेको बताउनुभयो। one

कार्यक्रममा सभापति श्रेष्ठले जनताका हरेक सुख–दुखमा तरुण दलले साथ दिने र जनताको हरेक पिडामा तरुण दल हरदम रहने बताउनुभयो। सुन्दरहरँैचा नगरपालिकाको गछिया खेल मैदानमा कार्यक्रम भएको थियो। tarun

नेपालमा लकडाउन भएसँगै नेपाल तरुण दल सुन्दरहरैँचा नगर कार्यसमितिले एक महिनादेखि राहत बितरण, संक्रमितहरुको घर–घरमा स्यानिटाईजर छर्कने, मास्क बितरण गर्नुका साथै चिकित्सकसहितको जनचेतना फैलाउने काम गर्दै आएको तरुण नेता कुन्दन ढुंगानाले बताउनुभयो।