इटहरी/ जनता समाजवादी पार्टी नेपाल सुनसरीले पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएकोमा शुभकामना ब्यक्त गरेको छ। पार्टीका सुनसरी सचिव अनुप सुब्बाले बिज्ञप्ती जारी गर्दै पार्टीको उदेश्यको नजिक आईपुगेको जनाउनुभएको हो।

बिज्ञप्तीमा लामो समय देखि अधिकार र पहिचानको युद्दमा होमिएको जसपा नेपाल आज आफ्नो उद्देश्यको समिप आएको महसुस गरेका छौँ भनिएको छ। बिज्ञप्तीमा पार्टीले गरेको संघर्ष र बलिदानबाट प्राप्त संघीयता सहितको गणतन्त्रलाई सदैव बचाई राख्ने अभिभारा सबैको हो भनिएको छ।

anup vai
उपप्रधान एवं सहरी बिकास मन्त्री राजेन्द्र महतोको साथमा जसपा सुनसरी सचिव अनुप सुब्बा

बिज्ञप्तीमा जसपाले उठाएका बाँकी मागहरु चाँडै सम्बोधन होस भनेर ध्यानाकर्षण गराईएको छ। बिज्ञप्तीमा जातीय, बर्गीय, सिमान्तकृत बिभेदित समुदायका हक र अधिकारका निम्ति जसपाका माग र एजेण्डालाई पुर्णता दिन जिम्मेवारी निभाउन सरकारमा सामेल सबै मन्त्रीहरुलाई आग्रह गरिएको छ।

हेर्नुहोस बिज्ञप्ती :

jasapa