इटहरी/ अहिले सामाजिक सञ्जालमा हरेक दिनजसो बहस हुनेगरेको छ, महिलाले छोटो लुगा लगाएर शरिर देखाएका कारण बलत्कार बढेको भनेर । त्यसमा अनेक किसिमका टिकाटिप्पणी हेर्न अनि पढ्न पाईन्छ। मानिसहरुले आँफुआँफु अनेक किसिमका बहस अनि तर्क दिईरहेका हुन्छ ।

त्यस्ता पोष्टहरुमा प्राय:जसो महिलाले कमेन्ट गरेका हुन्छन ‘माफ गर्नुहोला यहाँ मेरो लुगा छोटो हैन, तपाँईको सोच छोटो हो’ भनेर । अहिले छोटो लुगा लगाउने मात्र नभएर ७० बर्षीया हजुर आमा देखि काखे नानीसम्म दैनिक जसो बलात्कृत भईरहेका छन्।

यहाँ जोड्न खोजिएको प्रसङ्ग हो । बलात्कार छोटो कपडाका कारण हैन, बलात्कृत हुन अंग प्रदर्शन गर्नैपर्दैन घरमै पनि छोरीचेली असुरक्षित छन् भन्ने प्रसंग जोड्न खोजिएको हो । इटहरीमा शारिरिक एवं बौद्विक अपाङ्गता भएकी बालिका बलात्कृत भएको घटना जोड्न खोजिएको हो ।

जेठ १९ गते इटहरी ३ की ९ बर्षीया शारिरिक एवं मानसिक रुपमा अशक्त, हिड्न र बोल्नै नसक्ने बालिका बलात्कार गर्ने ६७ बर्षीय गाईने भन्ने भागिराज दमाई पक्राउ परेका छन् । भागिराजले गत १८ गते साँझ करिव साढे ४ बजेतिर ती बालिकालाई जवरजस्ती करणी गर्दै गर्दा स्थानीयहरुले थाहा पाएका थिए। स्थानीयले थाहा पाएर हल्ला खल्ला गरेपछि भागिराज फरार भएका थिए ।

तत्काल फरार रहेका इटहरी ३ सुनौलो बस्तीका ६७ बर्षीय दमाई सुचना प्राप्त हुनै बित्तिकै खटिएको प्रहरी टोलीले खोजी गर्दा १९ गते बिहान ८ बजेतिर इटहरी ३ धरधरे भन्ने ठाउँमा लुकेर बसिरहेको अबस्थामा फेला पारेको थियो । पक्राउ परेका दमाईलाई प्रारम्भिक अनुसन्धान पश्चात सोहि दिन नै सुनसरी जिल्ला अदालतवाट जबरजस्ती करणी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान गरिररहेको इटहरी प्रहरीले जनाएको छ ।

पिडित बालिकाको आमाले दोश्रो बिबाह गरेर गएको, बालिकाको बाबुको समेत मृत्यु भईसकेकोले फुपुको घरमा बस्दै आएको जनाईएको छ। पिडक दमाई आँफै पनि केहिबेर पनि उभिन नसक्ने रहेको बुझिएको छ।