सुनसरी/ इटहरी उपमहानगरपालिकाले नगरका टोलबस्तिमा नै पुगेर कोरोना परीक्षण गरिरहेको छ। गाँउ बस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घरबाट बोलाउदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको हो।

गाँउ बस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घरबाट बोलाउदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको बताउँदै उपप्रमुख लक्ष्मी गौतमले हालसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्बरका समुदायमै पुगेर परीक्षण गरिएको बताउनुभयो।

एउटै टोलमा धेरैजना बिरामी भएको जानकारी पाउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको छ। परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत बितरण गरिन्छ। कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ। समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ। itahari on

यसैगरि इटहरी रंगशालामा उपमहानगरले बिहान ८ बजेदेखि १०बजेसम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ। दिनमा सय जना बढिको स्वाव संकलन गरेर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिने गरेको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरबासीका लागि निशूल्क परीक्षण गरिरहेको हो।

हाल परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको भन्दै स्वास्थ्य शाखाकी पुजा भट्टराईले हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुँदा पनि भोलिपल्ट आउने गरेको छ।

प्रदेश ल्यावमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिनुभयो। इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गर्नुभएको छ। itahari 2

इटहरी अस्पतालले बिज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ। इटहरी उपमहानगरले कोभिड संक्रमित बिरामीका लागि दुईवटा एम्वुलेन्स २४घण्टै तैनाथ गरेको छ।

इटहरी उपमहानगरले इटहरी रंगशालामा सञ्चालन गरेको ५० वेडको अक्सिजनसहितको आइसोलेसनबाट संक्रमित नगरबासीले सेवा लिईरहेका छन।