इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले जारी निषेधाज्ञा उल्लंघन गर्ने ७ सय ४ लाईलाई नियन्त्रणमा लिएको छ। जारी निषेधाज्ञा कार्यन्वयनको लागि गत बैशाख १७ गतेदेखि आज १९ गते सम्ममा उनिहरु कारबाहीमा परेका हुन्।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा कार्यान्वयनको लागि बैशाख १७ देखि आज जेठ १९ गते सम्ममा इलाका प्रहरी कार्यालय इटहरीले इटहरीका बिभिन्न ठाउँबाट ७ सय ४ जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक केशव कटवालले जानकारी दिनुभयो।

७ सय ४ जना मानिस पक्राउ गरिएकोमा ६ सय ८१ जनालाई इलाका प्रहरी कार्यालयमार्फत संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम जनही एक सय रुपैँयाका दरले जरिवाना गरिएको इटहरी प्रहरीले जनाएको छ।

उनिहरुबाट ६८हजार एकसय रुपैया राजश्व संकलन गरिएको र अन्य २३जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय इनरुवा पठाइएकोमा उनिहरुलाई जनही तीन हजार देखि सात हजार रुपैँयासम्म जरिवाना गरिएको जनाईएको छ।