बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानलाई बोयर जातको बोका र पाठी वितरण गरेको छ। कोरोनाको महामारीकै बीच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठापाठी बितरण बितरण गरेको हो।

नगरपालिकाले ५२ ओटा बोका र ३८ वटा पाठि बितरण गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनुभयो। एक करोड २५लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्ट्रेलियाबाट चार्टर गरी पाठापाठी ल्याएर बितरण गरेको हो। किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठापाठी बितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनुभयो। बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उहाँको भनाई छ। IMG_1329

समूह तथा फर्महरुलाई सर्तनै राखेर बितरण गरिएको छ। अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने शर्त राखेर बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताउनुभयो। तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको उहाँले बताउनुभयो। नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो।

यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान ति बाख्रापालनमा गएको छ। थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिकोमोह बढिरहेको छ। अन्य जातको बाख्रा भन्दा बोयरले छोटो समयमा फाइदा दिने पशुप्राविधिकहरु बताउँछन्। बाख्राका पाठा पाठि पाएपछि कृषकहरु समेत खुसि भएका छन्।

अष्ट्रेलियालाई बोयरको प्रजनन् केन्द्रका रुपमा मान्ने गरिन्छ बेलबारीमा ब्याबसायिक बाख्रापालन गर्दै आएका किसान राजन गोर्खालीले भने यसले आय आर्जनमा ठुलो राहत मिल्नेछ।

माछा दुध तथा अण्डामा आत्मनिर्भर भईसकेको नगरपालिकाले मासुमा समेत आत्मनिर्भर बनाउने जनाएको छ। निशेधाज्ञाको समयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा लगरे पाठपाठी छोडिदिएको छ।