सुनसरी/ दर्जनौ तामाङ सेलोमा स्वर प्रदान गरिसक्नुभएकी चर्चित सेलो गायिका रेश्मा बम्जनले नोबा नोबा तेमाल गाङ बोलको तामाङ् सेलो गीत सार्वजनिक गर्नुभएको छ।

भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक सो गीतमा अन्य लोकप्रिय सेलो कलाकारले पनि स्वर भरेका छन्। गीतमा रेश्मासँगै लक्ष्मी स्याङ्तानले पनि स्वर दिनुभएको छ भने गायकद्वय अनिल लामा र सुसन लामाले पनि स्वर दिनुभएको छ।

गीतको रचना र संगीत भने गायक सुसन लामा कै रहेको छ । तामाङ्ग सेलोको मौलिक शैली र भाकालाई केही आधुनिकीकरण गरि नयाँ युवापुस्तामाझ मनपराईने शैलीमा सेलोलाई ढाल्न खोजिएको गायिका रेश्मा बम्जन बताउनुहुन्छ।

हाल संगीतमै स्नात्तकोत्तर गरिरनुभएकी रेश्मा भविष्यमा संगीत क्षेत्रमै रहेर अगाडी बढ्ने पनि बताउनुहुन्छ।

सुन्नुहोस तामाङ सेलो :