बेलबारी/ सरकारले अनुमति दिए मोरङ्गको बेलबारी नगरपालिकाले कोभिडबिरुद्धको खोप खरिद गर्ने भएको छ। नगरपालिकाले कोरोना महामारीबिरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै नपाले मन्त्रालयसँग अनुमति माग गरेको हो। नगरपालिका मेयर ज्ञानेन्द्र सुबेदीले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गर्नुभएको छ।

नगपालिकाले मन्त्रालयलाई लेखेको पत्रमा बेलबारी नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको र यसको रोकथामका लागि खोप नै भरपर्दो माध्यम भएकोले बेलबारीका नागरिकको जिउ ज्यान र स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले १८बर्ष माथिका ४० हजार नागारिकलाई आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरेकोले ४० हजार नागरिकको पहिलो र दोश्रो डोजका लागि ८० हजार खोप आवश्यक पर्ने हुँदा सो संख्या बराबरको खोप खरिद गर्न स्विकृति प्रदान गरिदिनु हुन अनुरोध छ भनिएको छ। gyanendra subedi

यस्तै तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले पनि कोरोना महामारीबिरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै भ्याक्सिन खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ।