काठमाण्डौ/ राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत नलिने र बैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो।

यसका लागि राष्ट्रपति भण्डारीले दलहरुलाई २१ घण्टा समय प्रदान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ।

राष्ट्रपति कार्यालयद्वारा जारी पत्रमा बिहीबारको मन्त्रिपरिषद बैठकले हाल बिकसित राजनीतिक परिस्थितिमा सरकारलाई बिश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै बैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपर्युक्त देखिएको निर्णय छ।

राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिनुभएको हो।

राष्ट्रपति कार्यालयको पत्र छ यस्तो :

president-patra