इटहरी/ सुनसरीको इटहरीको बेदान्त हस्पिटलले कोरोना संक्रमितको घर घरै पुगेर स्वास्थ्य परामर्श दिईरहेको छ। नेपाली कांग्रेस २ नम्बर वडा कमिटिको समन्वयमा हस्पिटलले बिहिबार पनि संक्रमितको घरमै गएर औषधीसहित परामर्श दिएको हो।

हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठको नेतृत्वमा डा.बिपिन बस्नेत, बरिष्ठ हेल्थ असिस्टेन्ट रन्जन धिताललगायतले कोरोना संक्रमितको घर घरै गएर बिरामीको अक्सिजन लेबल मात्र के कस्तो छ र बिरामीले कुन कुन औषधी सहि तरिकाले प्रयोग गरेका छ छैनन् भन्दै स्वास्थ्य सम्बन्धि सहि सल्लाह दिँदै आवश्यक औषधि थपघट गरि स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य परामर्श दिएको छ। bedanta 2

दोश्रो चरणमा इटहरी–२ मा रहेका संक्रमितहरुलाई हस्पिटलले परामर्श दिएको श्रेष्ठले बताउनुभयो। घरमै डाक्टर गएर परामर्श दिँदा कोरोना जित्न हौसला मिलेको संक्रमितहरुले बताएका छन्।

नेपाली कांग्रेस २ नम्बर वडा सभापति दिपेन्द्र घिमिरे लगायतको टोलिले संक्रमितको घरमा पुगेर औषधोपचारका निम्ति आवश्यक सहयोग गरेका छन्। बिरामीको स्वास्थ्यका लागि फलफुलसमेत बितरण गरिएको छ। इटहरी २ का १४ घरमा ४०जना संक्रमित जानकारीमा आएका र उनिहरुलाई परामर्श दिएको घिमिरेले जानकारी गराउनुभएको छ। bedanta 4 2

त्यस्तै, हस्पिटलले इटहरीका सबै वडाका सम्पर्कमा आएका र मोरङको सुन्दरहरैँचाका गरि हालसम्म १५० जना भन्दा बढिलाई टेलिमेडिसनद्वारा निःशुल्क परामर्श गरि औषधी दिदैँ आएको छ।

टेलिमेडिसिन सेवामा bedanta 3 2 बरिष्ठ फेमिली फिजिसियन डा.आदर्श झा र गर्भवती महिलालाई बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.शोमा गुप्ताले समन्वय गरिरहेको हस्पिटलले जनाएको छ।

यो पनि : इटहरीस्थित बेदान्त हस्पिटलद्वारा कोरोना संक्रमितको घर–घरमा गएर स्वास्थ्य परामर्श दिन शुरु