काठमाण्डौ/ नवनियुक्त शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ को महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाउनुभएको छ।

गत वर्ष सम्बन्धित बिद्यालयलाई आन्तरिक मूल्यांकन गराई प्रमाणीकरण गरिएको थियो। मन्त्री श्रेष्ठले शुक्रबार(आज) सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका बिषयमा पनि चाँडै छलफल गरिने बताउनुभयो।

मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँचबर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने बिषयको फाइलमा हस्ताक्षर गरी बहाली गर्नुभएको हो।

मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा.सञ्जय शर्मालगायतले स्वागत गर्नुभएको थियो।