बिराटनगर/ प्रदेश १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा बढि मोरङमा ३ सय ५७ जना र सबैभन्दा कम भोजपुर र तेह्रथुममा १–१जना थपिएका हुन्।

थपिएका कोरोना संक्रमितहरुमा झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ५६जना, धरानमा ३२जना, इनरुवामा ९जना, दुहवीमा ७जना, देवानगञ्जमा ३जना, बर्जुमा २ जना, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १–१जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुषसहित २७५जना, सुन्दरहरैचामा १५जना, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८जना, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७–७ जना, रतुवामाईमा ४जना, मिक्लाजुङमा ३जना, जहदा, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका २–२जना, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१जना थपिएका हुन्।

यस्तै झापाको बिर्तामोडमा २७जना, दमकमा २३जना, कनकाई र भद्रपुरमा २०–२०जना, गौरादहमा ९जना, कमल गाउँपालिकामा ७जना, अर्जुनधारामा ५जना, शिवसताक्षीमा २जना, गौरीगञ्जमा १जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै उदयपुरको त्रियुगामा १३जना, बेलका र चौदण्डीगढीमा १–१जना संक्रमित थपिएका छन्।

यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा १३जना र स्थानीय तह नखुलेका १जना थपिएका छन्।

यस्तै संखुवासभाको खाँदबारीमा ११जना, चैनपुर र स्थानीय तह नखुलेका १–१जना संक्रमित थपिएका छन्।

त्यस्तै इलामको इलाम नगरपालिकामा ६जना, सुर्योदयमा २जना र चुलाचुलीमा १ जना संक्रमित थपिएका छन्।

यस्तै ताप्लेजुङको फुङलिङमा ५जना र पाथिभरा याङवरकमा २जना संक्रमित थपिएका छन्।

त्यस्तै खोटाङको साकेलामा ६जना संक्रमित थपिएका छन्।

यस्तै भोजपुरको आमचोकमा र तेह्रथुमको आठराईमा एकएकजना संक्रमित थपिएका छन्।

यस्तै प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका छन्। सकृय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ।

प्रदेश १ मा शुक्रबार १ हजार ५सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३सय १३जना महिला र ४सय १२जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।