सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीले कोरोना भाईसको संक्रमणबाट जोगिन जिल्लाबासीलाई अपिल गरेको छ। बिहिबार एक बिज्ञप्ती जारी गर्दै एमालेले यस्तो अपिल जारी गरेको हो।

एमालेद्वारा जारी बिज्ञप्तीमा हाम्रो देशमा कोरोना भाईरस संक्रमणको फैलावट ब्यापक एवं तिब्र ढंगले बढिरहेको र यसले मानवीय जीबनमा ठुलो संकट पैदा गरिरहेको भन्दै यस्तो बिषम परिस्थीतिमा कोरोनाबाट बच्न ७बुँदे अपिल जारी गरेको छ।

एमालेले जारी गरेको अपिल
(१) कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड र जिल्ला प्रसाशन कार्यालय सुनसरीबाट बैशाख २१ गते जारी गरेको आदेशको पूर्ण परिपालन गरी आफु आफ्नो परिवार र समाजलाई सुरक्षित राख्न पहल गर्ने ।

(२) स्थानीय स्वास्थ्यकर्मीको सल्लाह लिएर रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्न स्वस्थ्य रहन र स्वास्थ्य सम्बन्धि पूर्ण सतर्कता अपनाउन आफु आफ्नो परिवार र समाजलाई अभिप्रेरित गर्ने ।

(३) स्वस्थ्य रहन, कोरोना संक्रमण फैलिन नदिन आवश्यक जनचेतना सम्बन्धि कार्य गर्ने ।

(४) समाजमा बिरामी ब्यक्ति भए अबस्थामा त्यस्ता बिरामी र बिरामीको परिवारलाई आबश्यक पर्ने सहयोगका लागि प्राथमिक स्वास्थ्य सेवा, अस्पताल, अस्पतालको बेड, भ्यान्टिलेटरलगायतका सुबिधाको लागि सहयोग, समन्वय र सहजिकरण गर्न त्यस्को लागि आवश्यक परे जिल्ला पार्टी कार्यालय,पार्टी जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिब, कार्यालय सचिब, ईन्चार्ज, सह–ईन्चार्ज र राट्रिय प्रतिनिधि परिषद सदस्य ज्यूहरु, पार्टी पक्षधर नगर प्रमुख,उप–प्रमुख र जनप्रतिनिधिहरुसंग सम्पर्क र समन्वय गर्ने ।

(५) कोरोना भाईरस नियन्त्रण सम्बन्धि आदेशको कार्यान्वयन सँग सम्बन्धित बिषयमा स्थानिय प्रसाशनसंग समन्वय गर्ने ।

(६) हाल २०७८ साल बैशाख महिना भरी पार्टीका कुनै सभा,बैठकहरु नगर्ने तर स्वास्थ्य मापदण्ड अपनाएर पार्टीका कार्यकर्तासंग व्यक्तिगत सम्पर्क गरी मुलुकको राजनिती तथा पार्टीको निर्णयहरु आदान प्रदान निरन्तर गरिरहने। हालको जटिल अबस्थामा केही कुनै बिषयमा केही सहयोग वा सहजिकरण गर्नु परेमा नेकपा एमाले का नेता कार्यकर्ताहरुसँग सम्पर्क गर्न समेत अपिल गरेको छ। UML SUNSARI