बिराटनगर/ प्रदेश नम्बर १ मा आज मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १२७जना, मोरंगमा २६६जना, झापामा १६६जना, उदयपुरमा ११ जना, इलाममा ४ जना, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ जना र प्रदेश १ बाहिरका २९जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

मोरङ्गगको बिराटनगरका ९० जना महिला र १ सय ३ जना पुरुषसहित १९३ जना, सुन्दरहरैँचाका १५ जना, कटहरी र बेलबारीका १२/१२ जना, बुढीगंगाका ९ जना, धनपालथानका ५ जना, पथरीशनिश्चरेका ४ जना, मिक्लाजुङ, जहदा, रंगेली र सुनबर्षीका ३/३ जना, उर्लाबारीका २ जना, रतुवामाई र ग्रामथानका १/ १जना संक्रमित थपिएका छन्।

यस्तै झापाको भद्रपुरका ३६ जना, बिर्मामोडका २४ जना, दमकका १९ जना, मेचीनगरका १६ जना, कनकाईका १२ जना, गौराहदका ११ जना, अर्जुनधाराका ८ जना, कमल गाउँपालिकाका ७ जना, हल्दिबारीका ६ जना, बुद्धशान्ति, गौरादह र शिवसताक्षीका ३/३ जना, बाह्रदशीका २ जना, गौरीगञ्ज र स्थानीयतह नखुलेका १/ १जना संक्रमित थपिएका छन्।

यसैगरी सुनसरीको इटहरीका ३७ जना, धरानका ४९ जना, इनरुवाका १८ जना, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जका ४/ ४जना, दुहवीका ३ जना, हरिनगरका २ जना, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १/ १जना संक्रमित थपिएका छन्।

यस्तै उदयपुरको कटारीका ६जना, उदयपुरगढीका ४ जना र स्थानीय तह नखुलेका १ जना संक्रमित थपिएका छन।

त्यस्तै इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकाका १/१ जना, ताप्लेजुङका २जना, खोटाङको खोटेहाङ र साकेलाका १/१ जना, संखुवासभाको खाँदबारीका २जना, धनकुटाका २जना र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ। प्रदेश १ मा आज १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २५५ जना महिला र ३५६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।