इटहरी/ नेपालमा मंगलबार मात्रै एकहजार ७ सय ७५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो यो तथ्यांक सार्वजनिक गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्ममा दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएको जनाएको छ।

५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण
कोरोना संक्रमणबाट मंगलबार मात्र ५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सोमबार मृत्यु हुनेको संख्या ३७ थियो। सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ। जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८जना छन्। मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
प्रदेश एकका सुनसरीमा १२४जना, मोरङमा २४६ जना, ओखलढुंगामा १६, खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बुमा तीन/ तीनजना, उदयपुरमा १०, इलाममा ९जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५/५ जना संक्रमित थपिएका छन्।

सप्तरीमा ३३ जना, सिराहामा २८जना, रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन्। यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुर्खेतमा १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सर्लाही र सिन्धुलीमा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ३०, सिन्धुपाल्चोक र बर्दियामा २८/२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६/२६ जना, रामेछापमा २४, लमजुङ २३, दोलखामा २२, नवलपरासी पश्चिम २१, तनहुँ र स्याङ्जामा २०/२० जना, जुम्ला र सल्यानमा १८/१८ जना, पर्वत र रोल्पामा १७/१७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी प्युठान र कञ्चनपुरमा १२/१२ जना, म्याग्दीमा ११, रसुवामा ९/९ जना, बागलुङ र जाजजरकोटमा ७/७ जना, रूकुम र कालिकोटमा ४/४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै रूकुम पश्चिम र दार्चुलामा ३/३ जना, डोल्पा र मुगुमा २/२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।