इटहरी/ जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातीदेखि लकडाउनको आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मंगलबार (आज) राती १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि लकडाउन जारी गर्नुभएको हो।

डिसिसिएमसि बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले बैशाख २१ गते १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि लकडाउनको आदेश जारी गर्नुभएको छ।

यो अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनैपनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ। अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि आजै रातीदेखि बैशाख ३१ गते रातीसम्म जिल्लाभर पुर्णरुपमा रोक लगाइएको छ।

यस्तै, खाद्यबस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेसम्म खोल्न पाइनेछ। अन्य पसलहरु पुर्णरुपमा बन्द हुनेछ भने स्थानीयस्तरमा होम डेलिभरीको व्यवस्था मिलाउन सकिने बताइएको छ। 111 222