इटहरी/ रिलायवल फुड एण्ड बेवरेज प्रा.लि.ले रेडब्लु(RED BLUE)को उत्पादन शुरु गरेको छ। कम्पनिले गएरातिदेखि रेडब्लु(RED BLUE)को उत्पादन शुरु गरेको हो।

इटहरी १२मा रहेको रिलायवल फुड एण्ड बेवरेज प्रा.लि.ले गएराति १ बजेदेखि उत्पादन शुरु गरेको सञ्चालक मदन चुडालले पूर्वी खबरलाई बताउनुभयो।

माओबादी केन्द्रका यूवा नेता समेत रहनुभएका चुडालले अव एक साताभित्रै रेडब्लु(RED BLUE)लाई उपभोक्तामाझ पुर्‍याईने बताउनुभयो।

चुडालले भियतनामको टेक्नोलोजि प्रयोग गरेर नेपालमा उत्पादन शुरु गरिएको रेडब्लु(RED BLUE)ले उपभोक्ताको मन जित्ने बिश्वास लिनुभएको छ।