सँगै काम गर्ने शर्तमा पत्नीसँग सम्बन्धबिच्छेद गरे बिल गेट्सले

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख २१, २०७८

सुनसरी/ माइक्रोसफ्टका सँस्थापक बिल गेट्सले बिवाहको २७ बर्षपछि वैवाहिक यात्रा टुङ्ग्याउने निर्णयमा पुगेका छन्। गेट्स दम्पत्तिले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको बिलले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।

धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको बिलले ट्वीटर मार्फत् जानकारी दिएका छन्।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गर्‍यौँ’, ट्वीटरमा बिलले लेखेका छन्, ‘आगामी दिनहरुमा जोडीका रुपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई बिश्वास हुन सकेन।’ सार्वजनिक ट्विटमा उल्लेख छ।

उनीहरुले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताएका छन्। सम्बन्ध बिच्छेद भएपनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved