धरान/ सुनसरीको धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’को म्युजिक भिडियो शनिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ।

चर्चित नायक पल शाह, साहारा राई र शशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश वान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि म्युजिक भिडियोको ट्रेलर मात्र सार्वजनिक गरिएको थियो।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन्। म्युजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन्।

धरानलाई बेस बनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्युजिक भिडियोको छायांकन धरानमा गरिएको भुमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले जानकारी दिनुभयो।

उत्कृष्ट बनेको म्युजिक भिडियोमा अभिनेता पल शाहलाई अन्य भिडियोमा भन्दा फरक रुपमा प्रस्तुत गरिएको राईले बताउनुभयो। केहिदिन अघि मात्र सार्वजनिक गरिएको टिजरलाई भने दर्शकले रुचाएका छन्।

रचनाकार अमर वान्तुले अहिले सम्म दुई दर्जन भन्दा वढि गित रचना गरिसकेका छन्। यसअघि उनले रचेका पन्ध्रवटा गितको म्युजिक भिडियो बनिसकेको छ भने कार्टुन कु्रजले अभिनय गरेको शिल्की शिल्की म्युजिक भिडियोको ५० लाख भन्दा बढि युट्युव भ्युवर्स रहेको छ।

हेर्नुहोस भिडियो :