केराबारी/ केराबारीमा ढुंगाले किचिएर एकजना महिलाको ज्यान गएको छ। केराबारी ८ स्थित खदम खोलामा शुक्रबार दिउसो डेढ बजेतिर स्थानीय कुमारी लिम्बुको ज्यान गएको हो।

खदम खोलामा ढुंगा संकलन गर्दै गर्दा चर्को घामले गर्मि भएपछि ठुलो ढुंगाको आडमा शितलमा बसिरहेकी करिव ५०बर्षीय कुमारीको ज्यान गएको हो। शितलमा बसिरहेकी ति महिलालाई अनब्यालेन्स भएको ढुंगो अचानक महिलापट्टि ढल्दा किचिएर ज्यान गएको स्थानीय प्रहरीलाई उद्यृत गर्दै वडाध्यक्ष मनोज खड्काले पूर्वीखबरलाई जानकारी दिनुभयो। death 2

सो घटनामा मृतकका श्रीमान पनि सामान्य घाईते भएका छन्। उनलाई प्राथमिक उपचार पछि घर पठाईएको छ। मृतकलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ।