इटहरी/ सुनसरीको इटहरीमा बसोबास गर्ने गोम्देन तामाङहरु संगठित भएका छन्। इटहरीमा बसोबास गर्ने गोम्देनहरुले गोम्देन एकता समाज गठन गरेका हुन्।

गोम्देनहरुको हालै इटहरीमा भएको भेलाले बलबहादुर गोम्देनको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा देवबहादुर गोम्देन, सचिवमा टेकबहादुर गोम्देन, सहसचिवमा गोपाल गोम्देन, कोषाध्यक्षमा मिनामाया गोम्देन र सदस्यहरुमा मिनामाया गोम्देन, सोममाया गोम्देन, दिलकुमारी गोम्देन, गुमानसिंह गोम्देन र बिष्णुमाया गोम्देन रहेका छन्।

समितिले गोम्देनहरुको भाषा, सँस्कृति, सामाजिक आर्थिक सवलिकरणको बिषयमा काम गर्ने बताईएको छ। चैत्र १२ गते इटहरी ३ तामाङ टोलमा भएको सो कार्यक्रम जेष्ठ नागरीक नुर्वसिंह गोम्देनको अध्यक्षतामा भएको थियो।