काठमाण्डौ/ मेलम्चीको पानी आज आईतबारदेखि काठमाण्डौका उपभोक्ताको घरघरमा वितरण गरिँदै छ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी बिभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो। तीनै वितरण केन्द्रमा संकलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेडले पाइपलाइनबाट परिक्षणका रुपमा उपभोक्ताका घरघरमा वितरण गर्ने छ।

उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न भने करिब एक हप्ता लाग्ने छ।

दुई दशक अघि नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराई देशको प्रधानमन्त्री हुँदा मेलम्चीको पानी काठमाण्डौका बासिन्दालाई पिलाउन देखेको सपना हालका शक्तिशाली प्रधानमन्त्री केपि शर्मा ओलिको पालामा पुरा भएको हो।