गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका फुटबलमा इनरुवाको बिजयी शुरुवात

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र १४, २०७७

सुनसरी/ इनरुवा नगरपालिका इटहरीमा जारी स्व.गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ ३-0गोल अन्तरले पराजित गर्दै इनरुवाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

इनरुवाको जितमा अभिषेक कालिकोटेले २ गोल र पर्वत कार्कीले १ गोल गरेका थिए। कालिकोटेले खेलको १३ औं र ७८ औं मिनेटमा गोल गर्दा कार्कीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए।

आजको खेलको म्या IMG_0607 न अफ द म्याच इनरुवाका पर्वत कार्की घोषित भए। उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका छन्।

इनरुवानगरपालिकाले अब सेमिफाइनलमा आइतबार हुने इटहरी उपमहानगरपालिका र दमक नगरपालिका बीचको बिजेतासँग चैत्र १८ गते प्रतिष्पर्धा गर्नेछ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८वटा नगरपालिकाका टिम सहभागी छन्। प्रतियोगिताको बिजेता टिमले २ लाख र उपबिजेताले १ लाख पुरस्कार पाउने छन्। चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा अनुमानित २५ लाख रुपैँया खर्च हुने बताइएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved