काठमाण्डौ / शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ। केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको गएराति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो। शर्माले नेता जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने बताउनुभयो।

जोशीको शुक्रबार साँझ निधन भएको हो। फागुन १४ गते मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार राती ८ बजेर २४ मिनेटमा निधन भएको हो । जोशीलाई नर्भिक अस्पतालकाे आइसियूमा राखी भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि जोशीको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा जोशीको निधन भएको हो ।