सुनसरी/ धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्व.गिरिजाप्रसाद कोइरालास्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ। जिपि फाउन्डेसन प्रदेश १ खेलकुद बिभागको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिका माथी २–० को जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो।

धरानको जितमा एन्सन राई र मिलन लिम्बुले एक एक गोल गरे। राईले खेलको ५१ औ मिनेटमा गोल गरे भने लिम्बुले खेलको ८३ औ मिनेटमा गोल गरे। सो खेलको म्यानअफ द म्याच धरानका एन्सन राई घोषित भए। IMG-123

भोली शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच हुने आयोजक समितीका अध्यक्ष सुर्य राईले जानकारी दिनुभयो।

इटहरीस्थित क्षेत्रीय रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको बिजेता टिमले २ लाख उपबिजेताले १ लाख पुरस्कार पाउने छन । चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ। ING-124

प्रतियोगिताको बिहिबार कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेपनि बिहिबारको खेल समय अभावका कारण स्थगित भएपछी प्रतियोगिता शुक्रबारबाट शुरु भएको हो।