सिन्धुली/ सिन्धुली प्रहरी प्रमुख (एसपी) आभुषण तिमल्सिनाको तीन महिनामै काज सरुवा भएको छ। एसपी तिमल्सिना गएको पुसमा सिन्धुली सरुवा भएको थियो।

एसपी तिमल्सिनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। ‘के कारणले प्रधान कार्यालयले तीन महिनामै बोलायो, त्यो त थाहा भएन, तर तस्कर, अवैध काम गर्नेहरु भने त्राहिमाम हुँदै गएका थिए,’ एक अधिकृतले भने, ‘अवैध काम गर्नेहरुको पहुँच र कनेक्सन माथिल्लोस्तरसम्म हुने भएकाले काम गर्ने कार्यालय प्रमुखहरुलाई टिक्न दिँदैनन्।’

अवैध उत्खनन् र प्रशोधनमा रहेका सबैलाई कानुनी दायरामा ल्याउन शुरु मात्र के भएको थियो, एसपी साहेवको काज सरुवा भएको खबर आयो, प्रहरीकै एक अधिकृतले सुनाए भनेर कान्तिपुरले समाचार लेखेको छ।