बिर्तामोड/ झापाको बिर्तामोडमा सञ्चालित बाल्मीकि लिङ्कन कलेजले आगामी शैक्षिक सत्रदेखि बीएचम र बीआईटी बिषय थप गर्ने भएको छ। पाँच बर्षदेखि बिर्तामोडमा सञ्चालित कलेजले बिद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ बिषय थप गर्ने निर्णय गरेको हो।

यसअघि सो बिषय अध्ययन गर्ने बिद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका भएपनि प्रदेश नम्वर १ मा नै पहिलो पटक लिङ्कन कलेजले बीएचएम र बीआईटी बिषय थप गरेसँगै अव बिद्यार्थीले सीपमुलक बिषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने भएको हो।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभुवन बिश्वबिद्यालयको समकक्षता प्राप्त यि बिषय अध्ययन पश्चात बिद्यार्थीमा सीप बिकास भएर रोगजारीमा टेवा पुग्ने कलेजले बिश्वास लिएको छ। लिङ्कन कलेजका प्रिन्सिपल किशोर बस्नेतले बीएचएम र बीआईटी बिषय अध्ययनपछि बिद्यार्थी बेरोजगार बस्नु नपर्ने र बिदेशमा सहज रुपमा काम गर्न सक्ने बताउनुभयो।

बिद्यार्थीले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट बिषय अध्ययन गरेपछि काठमाडौं, बिराटनगर, इटहरी, धरान, जानुपर्ने बाध्यता समेत हटेको बताउँदै प्रिन्सिपल बस्नेतले ‘बिद्यार्थीको रोजाईमा बिर्तामोडमा नै प्राविधिक बिषय अध्ययन-अध्यापन हुने वातावरण सृजना हुनु बिद्यार्थीका लागि मात्र नभई अभिभावका लागि पनि गौरवको बिषय हो’ भन्नुभयो।

बिएचएम् र बीआईटी बिषय अध्ययन गर्नका लागि बिद्यार्थीले जुनसुकै संकायबाट पनि प्लस टु गरेको हुनुपर्ने भन्दै प्रिन्सिपल बस्नेतले बीएचएम् कोर्ष चार बर्षे र बिआईटी कोर्ष तीन बर्षे रहेको जनाउनुभयो।

लिङ्कन युनिभर्सिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइभेट बिश्वबिद्यालय हो। यो बिश्वबिद्यालयबाट मान्यता प्राप्त वाल्मीकि लिङ्कन कलेजमा बिद्यार्थीले अध्ययन गरेपश्चात अन्तराष्ट्रिय डीभी आउन र त्रिभूवन बिश्वबिद्यालयबाट पनि प्रमाणपत्र पाउन सहज हुने प्रिन्सिपल बस्नेतको भनाई छ।