इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ६ जना चोर पक्राउ गरेको छ। इटहरी प्रहरीको एरियामा फागुन १५ देखि २९ गते सम्ममा ति चोर पक्राउ परेका हुन्।

पक्राउ परेका सुनसरीको देवानगञ्ज गाउँपालिका २ बस्ने २१ बर्षीय रामकुमार गिरीले फागुन १६ गते इटहरी ९ दिपेन्द्र चोकका भुषण साहको गोदामबाट १० दश हजार रुपैँया बराबरको १सय ६६ किलोग्राम प्याज चोरी गरेका थिए।

यस्तै पक्राउ परेका दुहवी ५ बस्ने २१ बर्षीय नजरुन मियाले फागुन १७ गते इटहरी ६स्थित नेपाल एस.बि.आई.बैंक लि.अगाडी राजमार्ग किनारामा पार्किङ गरेर राखेको हिरो कम्पनीको प्याजी र कालो रङको ६हजार ८सय रुपैँया बराबरको साईकल चोरेका थिए।

दुहवी ७ बस्ने ३२ बर्षीय सुनिल चौधरीले फागुन २४ गते इटहरी १३स्थित सन्तोष साहको आँगनमा राखेको साईकल चोरेका थिए।

यस्तै दुहवी ४का ४२ बर्षीय शिव नारायण चौधरीले इटहरी ४ पानधारे चोकमा डिल्ली कुमार श्रेष्ठको घर कम्पाउण्ड भित्र राखेको साईकल चोरेका थिए।

यसैगरी सुनसरीकै रामधुनी नगरपालिका ५का ३३ बर्षीय सुबोध कार्कीले फागुन २८ गते ना ७ ख ५३८२ नम्बरको डिलक्स बसमा राखिएको सोनी कम्पनीको ६हजार ५सय रुपैँया पर्ने कालो रङको एउटा क्यासेट, बसमा जडान रहेको रोवा कम्पनीको ३६हजार रुपैँया पर्ने कालो रङको ३२ ईन्चको एलइडि टिभी र इटहरी ६ आईतबारेका मिनबहादुर खत्रीको कलेजी रङको ६ हजार पाँचसय मुल्य पर्ने साईकल चोरेका थिए।

र एकजना चोरीमा संलग्न भने नावालक भएका कारण विवरण नखुलाईएको प्रहरीको भनाई छ।

पक्राउ परेकाहरु माथी चोरी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो।