इटहरी/ पूर्वमा रहेर लामो समय अगाडिदेखि बिभिन्न अस्पतालमा आबद्ध रहि प्रेसर तथा मुटुरोगको उपचार गर्दै आउनुभएका बरिष्ठ प्रेसर तथा मुटुरोग बिशेषज्ञ डा.मनोज गोबिन्द लाखेले इटहरीमा रहेको वेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने भएको छ।

बिराटनगरमा सेवा प्रदान गर्दै आउनुभएका लाखेले दैनिक रुपमा अव बिहान ७ बजेदेखि १०बजेसम्म इटहरीको बेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने भएको हो।

वेदान्त हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले मुटुरोग सम्बन्धि गहिरो अनुभव बटुल्नु भएका लाखेले इटहरीमै सेवा प्रदान गर्ने भएपछि इटही एवं आसपासका सेवाग्राहीले लाभ लिने बिश्वास व्यक्त गर्नुभएको छ।

प्रवन्ध निर्देशक श्रेष्ठले मुटुको भिडियो एक्सरे, इ.सि.जि. ल्याब टेष्ट गर्दा २० प्रतिशत सम्म छुट गरिने बताउनुभयो।

यस्ता हुन्छन् मुटुरोगका प्रमुख लक्षणहरु
छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँ–स्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोस हुनु र बढी थकाई लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन्। तर, कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत हुनसक्छ।

१. छातीको बीचको भाग दुख्नु,
२. दम बढ्नु,
३. खुट्टाहरु सुन्निनु,
४. घाँटीको रक्तनली फुल्नु,
५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु,
६. औंलाका टुप्पा बाक्ला, चाक्ला हुनु,
७. टाउको दुख्ने र चक्कर लाग्नु,
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु,
९. कफमा रगत देखा पर्नु,
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु,
११. हात, खुट्टा, ओठ आदि झट्का दिँदै अनियन्त्रित रुपमा चल्नु,
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु,

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ। एकभन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी सम्भावना हुन्छ। उल्लेखित लक्षण हुने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यी लक्षणहरुलाई व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिमहरु, वंशाणुगत कारण, लक्षणको तीब्रता र समय आदी कुराले प्रभाव पार्ने गरेको छ।