केराबारी/ मोरङ्गको केराबारी ९स्थित भलुवा खोलाको चुरे बन क्षेत्रमा ढुंगा चोरी मौलाएको छ। दैनिक रुपमा कम्तिमा चारवटा ट्याक्टरले चुरे बन क्षेत्रबाट ढुंगा चोरी गरिरहेका हुन्।

ढुंगा चोरीको बिषयमा पटक पटक स्थानीयबासीले केराबारीको ९ नम्बर वडा कार्यालय, इलाका प्रहरी कार्यालय केराबारी अनि शशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मिमार्गलाई जानकारी गराएपनि ति निकायले वेवास्ता गरेको स्थानीयको आरोप छ।

केराबारी ९का एकजना स्थानीय नाम उल्लेख नगर्ने शर्तमा भन्छन्‘हामीले ढुंगा चोरीको बिषयमा पटक पटक वडा नम्बर ९ कार्यालय, इलाका प्रहरी कार्यालय केराबारी अनि शशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मिमार्गलाई जानकारी गरायौ, उनिहरु कानमा तेल हालेर बसेका छन्’

उनि भन्छन् ‘कति पटक भन्नु, हामी आँफै अगाडी बढौँ नत भनौ भने कुण्डले मुन्द्रेहरु छन्, आक्रमण गर्नसक्छन् भनेर कोहि अघि सर्दैनन्’। ति स्थानीयबासी अगाडी भन्छन्,‘लेटाङ तिरका ट्याक्टर हुन, उनिहरु खोलामा नै रक्सी र मासु खाँदै उत्सव मनाए झैँ गरेर प्राकृतिक श्रोतको चरम दोहन गरिरहेका छन्’।

ति स्थानीय भन्छन् ‘प्रहरी प्रशाशनले बेवास्ता गरेको छ, उनिहरुलाई कुनै ठुलै उत्सव आएजस्तै भईरहेको छ, केराबारी प्रहरीको त के कुरा गर्नु उनिहरु त प्रहरीको बर्दि मात्र लगाउने हुन् काम सुक्को गर्दैनन्।’

ढुंगा चोरहरुले भलुवा खोलाको चुरे संरक्षित क्षेत्रमा चोरेको ढुंगा अलि पर लगेर स्टक गर्ने गरेका छन्। ति ढुंगा चोरहरुले बढिमा १५ मिनेटमा नै ट्याक्टर भर्ने गरेका छन्।

स्थानीबासीले ढुंगा चोरीको बिषय सञ्चार माध्यमलाई जानकारी दिने उदेश्यले तस्विर खिच्न खोज्दा ट्याक्टरवालाले मोवाईल नै ३ घण्टा जति कब्जामा लिएको बताएका छन्।