काठमाण्डौ/ गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ। भुमिका गिरी युटुब च्यानलमार्फत ‘फिक्का चिया’ सार्वजनिक गरिएको हो।

गीतमा निर्माण गरिएको म्युजिक भिडियोमा नायक पल शाहसँगै रियासा दाहाल फिचरिङ छन्। लोक जनाराको ‘फिक्का चिया’ले दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गरिएको छ।

राजवान क्षेत्रीको शब्द, खेम पुनको संगित रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन्। अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन्।

काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन्।

हेर्नुहोस भिडियो :