बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ शुरु भएको छ। कलेजमा अध्ययनरत बिद्यार्थीले स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव शुरु गरेका हुन्।

एक सातासम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफलगायत प्रतियोगिता हुनेछन्। नोबेलमा हरेक बर्ष बिद्यार्थीले एक सातासम्म बिभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन्। Nobel-Spots-Fiesta-Photo0

उत्सव समापनका अवसरमा बिभिन्न सास्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ। नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्मलगायत संकायमा करिव १६सय बिद्यार्थी अध्ययनरत छन्। Nobel-Spots-Fiesta-Photoo

स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मूलुकका बिद्यार्थी पनि नोबेलमा आउने गरेका छन्।