इटहरी/ सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको हुँदा यसबारे जनचेतना जगाउने उद्देश्यले इटहरी प्रहरीले ‘फेसबुके साथी’ नामको सडक नाटक प्रस्तुत गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय इटहरीले कार्यालय अगाडीको सडक किनारमा सोमबार दिउसो नाटक प्रस्तुत गरेको हो। IMG_9624

‘फेसबुके साथी’ नामको नाटकमा दिन प्रतिदिन मौलाईरहेको साईबर अपराधको बिषयमा अभिनयमार्फत सुसुक्षित गरिएको थियो। ‘फेसबुके साथी’मा फेसबुक ट्विटर, ह्वाट्स एप, भाईवरलगायतका माध्यमबाट हुने अपराधको बारेमा जनचेतना फैलाईएको थियो IMG_9632

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले सामाजिक सञ्जालको सदुपयोग गर्न नजान्दा यूवाबर्ग बिभिन्न समस्यामा फसिरहेको भन्दै नाटकमार्फत जनचेतना फैलाउन यसो गरिएको बताउनुभयो। IMG_9637

कार्यक्रममा समुदाय–प्रहरी पालिका समितिका संयोजक तथा इटहरी उप–महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षता थियो। कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा समुदाय–प्रहरी जिल्ला समितीका संयोजक उमेश कुमार ढकालको प्रमुख आतिथ्यता, इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख तथा समुदाय–प्रहरी पालिका समितीका सह संयोजक लक्ष्मी गौतम, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा समुदाय–प्रहरी जिल्ला समितीका सह संयोजक प्रहरी उपरीक्षक कमल थापा, एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जिब शर्मा, र समुदाय–प्रहरी पालिका समितिका सह–संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी, समुदाय–प्रहरी पालिका समितीका सदस्यहरु मायाघर नेपाल इटहरीका प्रतिनिधीहरु, महिला सिप बिकास केन्द्रका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र बिभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो। IMG_9641 IMG_9645