इटहरी/ यूवा संघ नेपालका सुनसरी जिल्ला संयोजक अरुण गुरुङ नेतृत्वको यूवा समुहले इटहरीमा रहेको नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) लेखेका छन्। यूवा समुहले सर्बोच्च अदालत बुधबार गरेको निर्णयको स्वागत गर्दै पार्टी कार्यालयमा नेकपा एमाले लेखेका हुन्। IMG_9669

यूवा संघमा आवद्व यूवाले पार्टी कार्यालयमा दाहाल–नेपाल समुहले लगाएको ताला पनि तोडिदिएका छन्। यूवाले अव सर्बोच्च अदालतको हिजोको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) लाई अलग अलग बनाईदिएको भन्दै आँफुहरुको श्रमपसिना परेको कार्यालयलाई आफ्नै पार्टीको नाममा नामाकरण गरिएको बताएका छन्। IMG_9664

यूवाले अव यूवा संघको कार्यालय पनि पार्टी कार्यालयसँगै रहने भन्दै अव काँधमा आएको जिम्मेवारी अझ दृढ भएर पुरा गर्ने प्रतिबद्दतासमेत ब्यक्त गरेका छन्। IMG_9667