इटहरी/ शिबसेना नेपाल सुनसरीको शनिबार पहिलो बैठक बसेको छ। शिव सेना नेपालका सुनसरी अध्यक्ष हिरा आचार्यको सभापतित्वमा पहिलो बैठक बसेको हो। siba sainik

इटहरीस्थित जिल्ला कार्यालय गएको बुधबार (फागुन १९ गते) उद्घाटन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो। कार्यालयमा शनिबार पहिलो बैठक बसेको अध्यक्ष आचार्यको भनाई छ।कार्यालय स्थापनासँगै मानिसहरुको आवागमन बढेको र शिबसेना प्रबेश गर्ने क्रम शुरु भएको अध्यक्ष हिरा आचार्यले बताउनुभयो। उहाँले शिबसेना नेपालको मुल उद्देश्य अखण्ड नेपाल, हिन्दु अधिराज्य र राजसँस्था अपरिहार्य रहेको भन्दै यसमा समाहित हुन चाहनेको संख्या ठुलो रहेको बताउनुभयो। membarship

अध्यक्ष आचार्यले शिवसेनामा आवद्व हुन चाहनेहरु धेरै भएपनि कहाँ सम्पर्क गर्ने भन्ने दुविधाका कारण आवद्व हुन चाहनेहरु अलमलिरहेको बेला कार्यालय स्थापनासँगै अव सचेत नेपाली क्रमश आउने बताउनुभयो।

कार्यक्रममा शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कँडेल, युवा सगंठन प्रमुख कुमार घिमिरे, शिबसेना नेपालका मोरङ जिल्ला अध्यक्ष सतिस पोख्रेल, सुन्दरहरैँचा नगर प्रमुख शम्भु थापालगायतको सहभागिता थियो। opening 

कार्यक्रमका अतिथीहरुले राजसँस्थाको अपरिहार्यता, राजसँस्थाको महत्व, एवं वर्तमान परिप्रेक्षका बिषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो।